सारांश
काठमाडौं । चलचित्र ‘एक्टर’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा लचित्रका मुख्य पात्र प्रदीप खड्काका पाँच तस्बिर छन् ।
कात्तिक १५ गते रिलिज हुने चलचित्रमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ ।
राजन भुसालको निर्देशन रहेको चलचित्रमा थमन कुमारी भण्डारी निर्माता हुन् ।