सारांश
काठमाडौं । नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको सपथ ग्रहण समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ले २ वर्षपछि आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन्।
‘अहिले म मन्त्री बन्दिनँ, खगराज दाइले २ वर्ष खान्छ, त्यसपछि म खान्छु,’ उनले भने, ‘१८ महिनामै १० वर्षको बजेट हाल्न पाउने रैछ, किन ५ वर्ष खानुपर्यो।’
‘सरकारमा राप्रपा पनि छ, भोलि राजा ल्याऊँ भन्ला कहाँबाट ल्याउने राजा?,’ उनले भने, ‘त्यसपछि राप्रपा भाग्छ, फेरि सरकार बनाउँदा मेरो पालो आउँछ।’