सारांश
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जलपान समारोह गर्दै छ । राप्रपाले आज दिउँसो भृकुटीमण्डपमा चियापान समारोह गर्न लागेको हो ।
त्यसैगरी राप्रपा नेपालले नवदूर्गा पार्टी भेन्यु सुकेधारामा दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।