Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्रीसँग गण्डकी प्रदेशका मुख्यमन्त्रीको भेटवार्ता, प्रचण्ड गोरखा


सारांश

प्रधानमन्त्रीसँग गण्डकी प्रदेशका मुख्यमन्त्रीको  भेटवार्ता, प्रचण्ड गोरखा
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री  दाहाल  आज गोरखा जाँदैछन् ।

खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij