Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

लिङ्देन र थापाले अंकमाल गरे


सारांश

लिङ्देन र थापाले अंकमाल गरे
images

 काठमाडौं । ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोह ग¥यो ।

 जलपान समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष पशुपति शमशेरण राणा, प्रकाशचन्द्र लोहनी आफ्नै दल तथा अन्य दलका नेता कार्यकर्तालाई स्वागत गरेका थिए ।

चियापान कार्यक्रममा पार्टीका पदाधिकारीसहित नेता–कार्यकर्ता, समर्थकलगायत सहभागी भए । विभिन्न राजनीति दलका नेता पनि चियापनमा सहभागी हुन पुगेका छन् ।

यस्तै, विभिन्न क्षेत्रका व्यक्तित्व चियापनमा सहभागी भएका छन् । चियापन कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगे ।उनी मञ्चमा राप्रपाका नेता कार्यकर्ताको लाइनमा आबद्ध भएर मञ्चसम्म पुगेको दृश्य राप्रपाका नेता कार्यकर्ताले अनौठो मानेर हेरिरहेका थिए । मञ्चमा लिङ्देनसँग भेट भएपछि थापाले हात मिलाएर अंकमाल गरे ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij