सारांश
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ ।
घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो ।
“मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ,” वितरक मनोज राठीले भने, “यो अहिलेसम्मका सबै चलचित्रको रकेर्ड ब्रेक हो ।”
यसअघि चलचित्र ‘कबड्डी’का नाममा रहेको रेकर्ड पनि यो चलचित्रले ब्रेक गरेको उनले बताए । ‘कबड्डी–४’ले नेपाली बक्सअफिसमा २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।