सारांश
एजेन्सी । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले पोर्नोग्राफी मुद्दामा बलिउड जोडी राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा शुक्रबार छापा मारेको छ । त्यसपछि कुन्द्राको कार्यालयमा पनि छापा मारिएको छ ।
रिपोर्टका अनुसार यो छापा रेड मोबाइल एपमार्फत अश्लील सामग्री निर्माण र वितरणमा लगाएको प्रतिबन्धसँग पनि सम्बन्धित छ । यस मामिलामा मुम्बई प्रहरीले यसअघि राज कुन्द्रालाई पक्राउ गरेको थियो ।
उनलाई आईपीसी धारा २९२, २९६ अनुसार अश्लील सामग्री बनाउने, धारा ४२० अनुसार विश्वासघात, कपट, सूचना प्रविधि ऐन, डिजिटलमाध्यममार्फत अश्लील सामग्री पोस्ट र प्रसारण गर्ने, महिलाको अशोभनीय प्रतिनिधित्व गर्ने लगायत आरोप लगाइएको थियो ।