सारांश
काठमाडौं । नेकपा (एमाले) छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।
नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए ।