सारांश
काठमाडौं । रवि लामिछाने संस्थापन सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कार्यवाहक नै कार्यवाहक देखिएका छन् ।
संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी गरी तीनवटा खेपिरहेका लामिछानेको पार्टीमा सभापतिदेखि प्रवक्तासम्म तीनजना कार्यवाहक देखिएका हुन् ।
रास्वपाले सोमबार सचिवालयको ‘भर्चुअल’ बैठकबाट उपसभापति डोलप्रसाद अर्याल (डीपी) कार्यवाहक सभापति बनेसँगै रास्वपामा तीनजना कार्यवाहक बनेका छन् ।
रास्वपाले प्रवक्तासमेत रहेका महामन्त्री डा. मुलुक ढकाललाई गत असारमा कारबाही गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाएको थियो ।
यस्तै सहप्रवक्ता रहेका मनिष झालाई ढकालको स्थानमा कार्यवाहक प्रवक्ता बनाएको थियो ।