सारांश
काठमाडौं । नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।