सारांश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई सत्ता गठबन्धनले महानता ठानेको बताएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ गर्दै ओलीले यस्तो बताएका हुन्।
‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन। संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ,’ पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भने।
सरकार तानशाही बाटोतर्फ अघि बढेको ओलीको आरोप छ।