Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा ट्रम्पले लिए शपथ


सारांश

अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा ट्रम्पले लिए शपथ
images

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् ।

राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।

शपथलगत्तै समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताए । शान्ति निर्माणकर्ता र एकीकरणकर्ताको रूपमा अमेरिकाले पुनः संसारलाई नेतृत्व गर्ने विश्वास दिलाउँदै उनले भने, ‘अमेरिकाको स्वर्ण युग आजबाट सुरु हुँदैछ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु भन्ने स्पष्टसँग भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij