Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आज ग्याल्पो ल्होसार, विविध कार्यक्रम आयोजना गरी मनाइँदै


सारांश

आज ग्याल्पो ल्होसार,  विविध कार्यक्रम आयोजना गरी मनाइँदै
images

काठमाडौं । फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा  २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको यो पर्व समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij