सारांश
काठमाडौं । प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उमेदवारी दर्ता गराउनु पर्नेछ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताकाे समय रहेको छ । ४ः१५ बजे दर्ता गरिएका उमेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ। सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।
सभामुख पदका लागि एक जनाले मात्रै उम्मेदवारी दिए निर्विरोध निर्वाचित हुनेछन्। एक जनाभन्दा बढी भए प्रतिनिधि सभामा मतदान हुनेछ।