सारांश
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारकी प्रवक्ता बनेकी छन्।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
मन्त्रिपरिषद् विस्तार पछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।