Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जनमत पार्टी सरकारबाट बाहिरिने


सारांश

जनमत पार्टी सरकारबाट बाहिरिने
images

जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारबाट बाहिरने तरखरमा पुगेको छ।

आफूले भनेको मन्त्रालय नपाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्री बनेका अब्दुल खानलाई राजीनामा दिन तयार हुन भनेका छन्। जनमत पार्टीले कृषि वा उद्योगमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत अर्को दिन आफ्ना सांसद खानलाई मन्त्री बनाएर सरकारमा सहभागी भएको थियो। खानलाई मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै मन्त्री खान अहिलेसम्म पदभार गर्न सिंहदरबार गएका छैनन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij