सारांश
काठमाडौं । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक सुरू भएको छ।
आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ । सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।