सारांश
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्।
उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन।