Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विदेशी चलचित्रमा १०० प्रतिशत शुल्क लगाउने ट्रम्पको आदेश


सारांश

विदेशी चलचित्रमा १०० प्रतिशत शुल्क लगाउने ट्रम्पको आदेश
images

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार ‘युद्ध’लाई चलचित्र क्षेत्रसम्म विस्तार गरेका छन् ।

आइतबार उनले आफ्नो सामाजिक सञ्जालमाध्यममा एक पोस्ट गर्दै बाहिरी देशमा निर्मित र आयातित सबै चलचित्रमा १०० प्रतिशत आयात कर लगाउन वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई निर्देशन दिएको घोषणा गरेको जनाएईको छ ।

उनले लेखेका छन्, “अमेरिकाको चलचित्र उद्योग धेरै छिटो विनाश हुँदै छ । अरू देशहरूले हाम्रा निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजाने विभिन्न प्रलोभन दिँदै छन् । त्यसैले मैले वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई विदेशमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत शुल्क लगाउन तुरुन्तै प्रक्रिया सुरु गर्न आदेश दिएको छु । हामी फेरि अमेरिकामा बनेका चलचित्र चाहन्छौँ !”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij