सारांश
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर जिम्मेवारी सम्हालेका छन् ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथपश्चात उनी लैनचौरस्थित शहीद पार्क पुगेका थिए ।
घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सत्ता गठबन्धनको सहयोगमा सभामुख पदमा विजयी भएका हुन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट उमेदवार बन्दै झापा क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए ।