Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपले तनावग्रस्त बनायो : ओली


सारांश

अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपले तनावग्रस्त बनायो : ओली
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपले तनावग्रस्त बनाएको बताएका छन् ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।

आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको उनको भनाइ छ ।

‘हामीले पहिलो कुरा दुई वटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर हामीले भनेका छौँ । एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन,’ ओलीले भने, ‘हामी हाम्रा छिमेकीहरूका निम्ति असल छिमेकी हुन चाहन्छौँ । र, उनीहरुको कुभलो गर्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij