Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पार्टीका निम्ति सच्चा त्याग र समर्पण गर्ने व्यक्ति नगण्य छन् : देउवा


सारांश

पार्टीका निम्ति सच्चा त्याग र समर्पण गर्ने व्यक्ति नगण्य छन् : देउवा
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका निम्ति सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन् । शनिबार कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभा उनले यस्तो बताएका हुन् ।

स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभलालच नभएको व्यक्ति रहेको उनले उल्लेख गरे । पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उनको भनाइ थियो ।

स्व. रेग्मीले हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेको उनले बताए । “उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभलालच नभएको व्यक्ति हो उहाँ,” उनले भने, “धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्, सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् ।”

494573544_1205252760770169_1594138491627678285_n.jpg

उनले अगाडि भने, “उहाँलाई पछि भेट्न पाइनँ, मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।”

उक्त सभामा काङ्ग्रेस उपसभापति धनराज गुरुङ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, स्याङ्जा जिल्ला सभापति एवं सान्सद राजु थापा लगायतले स्व. रेग्मीको योगदानका बारेमा चर्चा गरेका थिए।

स्मृति सभा स्याङ्जा काठमाडौं सम्पर्क समितिका सभापति देवीप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो।

 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij