Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आफैँले चलाएको ६०/४०को भागवण्डाको फन्दामा देउवा


सारांश

आफैँले चलाएको ६०/४०को भागवण्डाको फन्दामा देउवा
images

काठमाडौं । ११औँ महाधिवेशनपछि गिरिजाप्रसाद कोइराला हुँदै १२औँ महाधिवेशनपछि सुशील कोइरालासँग ४० प्रतिशतको भागवण्डालाई शेरबहादुर देउवाले नै संस्थागत गरेको आरोप कांग्रेस नेताहरु नै लगाउँछन् । १०औं महाधिवेशनपछि फुटेर दुईटुक्रा भएको नेपाली कांग्रेस ११औँ महाधिवेशनपछि मात्र एकतामा फर्किएको थियो । नेपाली कांग्रेस प्रजातान्त्रिकलाई एकता गरेर नेपाली कांग्रेसमा विलय गराएका देउवाले एकता गर्दा नै सबै अवसरहरूमा ४० प्रतिशत प्रतिनिधित्व आफूले पाउनुपर्ने सहमति गरेका थिए । १२औँ महाधिवेशनसम्म उनले त्यो सहमतिकै जगमा ४० प्रतिशत भागवण्डाको उपयोग गरे । 

१२औंं महाधिवेशनमा सुशील कोइरालासँग चुनाव लडेका देउवा पराजित भए । तर, उनले सुशील कोइरालासँग पनि ४० प्रतिशतको भागवण्डालाई भने निरन्तरता दिए ।

१३औँ महाधिवेशनबाट देउवा एकीकृत कांग्रेसको पहिलोपटक सभापति बने । त्यसपछि देउवाले पनि ४० प्रतिशत भाग रामचन्द्र पौडेल समूहका लागि छुट्टयाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij