सारांश
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ऐतिहासिक घोषणा गर्दै इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् ।
युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने ट्रम्पले बताएको सीएनएनले जनाएको छ ।
ट्रम्पले सामाजिक संजालमा लेखेका छन्, “इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ । अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ ।”