Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने


सारांश

ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने
images

एजेन्सी । चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ ।

पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो ।

हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो । हाल कम्पनीका सवारी साधनहरू अझै पनि प्रायः चीनबाट एसेम्बल हुने गरेका थिए ।

तर बीवाइडीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको हो ।

‘हामी स्थानीय अधिकारीहरू र उद्योगहरूसँग नजिकबाट काम गरिरहेका छौं । ताकि उनीहरूलाई अद्यावधिक प्रविधिहरू प्राप्त गर्न मद्दत गर्न सकियोस् । र हामी १५० भन्दा बढी स्थानीय विक्रेताहरूलाई हाम्रो आपूर्तिकर्ता हुन योग्य बनाउने प्रक्रियामा छौं,’ बीवाइडीका कार्यकारी उपाध्यक्ष स्टेला ली ले भने ।

कार सार्वजनिकसँगै ब्राजिलले चीन र चिनियाँ व्यापारसँग निर्माण गरिरहेको बलियो सम्बन्धमा एउटा कोसेढुङ्गा भएको दाबी गरिएको छ । बीवाइडीले सबैभन्दा बढी विक्री हुने गरेको शहरी इभी डल्फिन मोडल हुँदै अब सङप्रो र बीवाइडी किङ विस्तार गर्नेपनि जनाएको छ ।

कम्पनीका ब्राजिल अध्यक्ष टायलर लीका अनुसार अन्य देशहरूमा निर्यात गर्न  सवारी साधनहरू उत्पादन गर्ने साथै केही मोडेलहरू विशेष रूपमा डिजाइन गरिनेछ ।

अमेरिकी अटोमेकर फोर्डले प्रयोग गर्ने साइट अधिग्रहण गरेपछि मार्च २०२४ मा बीवाइडीले आफ्नो काम सुरु गरेको थियो ।

उक्त प्लान्टबाट प्रति वर्ष १ लाख ५० हजार सवारी साधन बनाउने क्षमताको साथ सुरु भएको र दोस्रो चरणमा यसलाई दोब्बर बनाउने योजना छ । ब्राजिल निर्मित कारहरु ल्याटिन अमेरिकाभरि विस्तार गरिने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij