Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य


सारांश

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
images

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।

न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो

३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ, तने बोडी प्रतिकिलो २५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो

४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौला प्रतिकिलो ४५ रुपैयाँ, झिगुनी प्रतिकिलो ४५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४५ रुपैयाँ, रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो  २५० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३२० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ ,तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो  ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार प्रतिकिलो ३ ५० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो १३५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १३५ रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो  २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ , रुखकटहर प्रतिकिलो ४५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ४० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ  निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij