Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै


सारांश

प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै
images

एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको ल्हासा नदीको किनारमा नवनिर्मित करिडोरले प्राचिन शहर ल्हासालाई थप आकर्षित बनाएको छ ।

१३ सय वर्षभन्दा बढीको इतिहास बोकेको ल्हासालाई  नवनिर्मित संरचनाहरुले नयाँ आकार दिएको मात्र छैन् आधुनिकतालाई परम्परागत आकर्षणसँग मिसाउँदै लगेको छ ।

ल्हासाको शहरी पानी प्रणाली पुनस्र्थापना परियोजनाको दोस्रो चरणको एक भागको रूपमा करिडोर कार्यक्रम अहिलेसम्म मूल रूपमा सम्पन्न भइसकेको छ । ४.१ किलोमिटर फैलिएको, यसले ल्हासाको सियान्जु टापु र सन टापुलाई शहरको केन्द्रसँग जोड्ने काम गरेको छ ।

परियोजनामा स्लुइस गेट सुदृढीकरण, पुल निर्माण, वाटरफ्रन्ट संवद्र्धन, र डिजिटल व्यवस्थापन प्रणालीको स्थापना रहेका छन् ।

‘पानी प्रणाली जडान भएपछि, पानी पोताला दरबारको पश्चिम तर्फबाट बग्नेछ । पश्चिमतर्फ पछाडि एउटा पार्क पनि छ । ल्हासा नदीबाट झोङ्गान नहरमार्फत पानी तान्नेछौं । यसरी नदीको पानी अन्ततः शहरमार्फत परिक्रमा गरेपछि ल्हासा नदीमा फर्किनेछ,’ ल्हासाको जलस्रोत ब्यूरोका उपनिर्देशक झाङ झेङपिङले भने ।

‘वास्तवमा, शहरमा पानीको अभाव छैन । ल्हासामा प्रशस्त पानीका स्रोतहरू छन्, तर यी बहुमूल्य स्रोतहरू व्यवस्थित रूपमा विकास र उचित रूपमा व्यवस्थापन गरिएको थिएन,’ करिडोर कार्यक्रमका डिजाइन प्रबन्धक डिंग याङले भने।

कार्यक्रममार्फत, नदी व्यवस्थित पुनस्र्थापना गरिएको छ । जसले शहरी बाढीको जोखिम कम गर्दै माछा र चराहरूको बासस्थान सुधार गर्न सक्ने अनुमान गरिएको छ । परियोजनाका कारण पैदल मार्गहरू र नदी किनारका पिकनिक स्थलहरु वा नदी किनारहरूलाई हरियाली बन्दै गएका छन् ।

‘कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विशेष पहलमा ल्हासा नदी व्यवस्थापन गर्न विभिन्न परियोजनाहरूमा २.७ अर्ब युआन (लगभग ३७६.४ मिलियन अमेरिकी डलर) बराबरको आर्थिक सहयोग लगानी गरिएको छ।

स्थानीय बासिन्दाहरूलाई आधुनिकीकरण भइरहेको ल्हासाको नयाँ विकासको साक्षी बन्ने अवसर प्रदान गरेको छ,’ झाङले भने। ल्हासा नदीको जलमार्गले नयाँ जीवन पाएसँगै शहरले हरियाली र रोमान्चक बन्दै गएको छ । (सीसीटीभीप्लस)

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij