Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कर्णालीको बजेट अधिवेशनको आज अन्तिमदिन


सारांश

कर्णालीको बजेट अधिवेशनको आज अन्तिमदिन
images

सुर्खेत । कर्णाली प्रदेश सभाको छैठौ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ ।

कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद् बैठकले बैशाख २८ गतेदेखि सुरु भएको दोस्रो कार्यकालको छैठौ अधिवेशन बुधबार राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र लुहादहमा तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने, कर्णाली पत्रकारिता पुरस्कार वितरण कार्यविधी २०८२ स्वीकृत गरेको सरकारका प्रवक्ता भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जनकारी दिए ।

मन्त्री परिषद् बैठकले सामाजिक बिकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ ।

त्यसैगरी, प्रदेशका कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शाहले बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij