Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छः हितराज पाण्डे


सारांश

बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छः हितराज पाण्डे
images

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आज सम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे । 

उनले भने,‘हाम्रो प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ मा महिला समन्वय समितिको व्यवस्था छ । हाम्रो यो सभाको कार्यकाल आधा भैसक्दा पनि सदनमा तथा कार्यव्यवस्था परमर्श समितिमा बार –बार समिति बनाउन माग गर्दा पनि अझै यो नियमावली कार्यान्वयन भएको छैन् ।

महिलालाई प्रत्येक्ष असर गर्ने बहुविवाह ,डिम्ब संकलन जस्ता सामाजिक सञ्जालका खबरले समाजमा तरंग सृजना गरिरहेको अवस्थामा महिला समन्वय समितिको गठनको नियमावली व्यवस्थाको कार्यान्वयनको लागि माग गर्दछु ।

बहुविवाह सम्बन्धि कानुन ल्याउनेबारे सरकारको धारणा के हो त्यो पनि संसदमा जानकारी गराउनुपर्यो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij