काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने भएकी छन् ।
एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापनाका लागि घर समेत भाडामा लिइसकेको बताइएको छ ।
संयोग- विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यहि घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।
यो घर नेकपा एमालेका पूराना नेता काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर बिदुर मैनालीको रहेको बताइएको छ ।