Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै


सारांश

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् .

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij