Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व’


सारांश

‘गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व’
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा जीवन,मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत गाईजात्रा पर्वको शुभकामना दिँदै उनले  गाईजात्राले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्  भन्दै कामना गरे ।

उनले लेखेका छन्,‘गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन–मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्। हार्दिक शुभकामना!’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij