Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्रीलाई प्रचण्डको कटाक्ष- हावादारी गफ दिनुभयो


सारांश

प्रधानमन्त्रीलाई प्रचण्डको कटाक्ष- हावादारी गफ दिनुभयो
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् ।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए ।

आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए ।

तर, हिजोमात्रै प्रधानमन्त्री ओलीले संसद्मै सम्बोधन गर्ने क्रममा टियूको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह नै गरेका थिए ।

त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ।’

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij