Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै परराष्ट्रमन्त्रीले भनिन्, ‘भारत लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’


सारांश

भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै परराष्ट्रमन्त्रीले भनिन्, ‘भारत लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’
images

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा. एस जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् भन्दै शुभकामना दिएकी हुन् ।

उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताइन् ।

‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij