Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण


सारांश

श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण
images

काठमाडौं । श्रम स्वीकृति नलिइ साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण सुरु भएको छ । 

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकोबीच नेपाली दुतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण सुरु गरिएको हो । 

विगत आठ बर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइएको र महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण कार्यलाई स्वीकृति प्रदान हुन् । 

कार्यक्रममा बोल्दै श्रममन्त्री शरद सिंह भण्डारीले अहिले लाखौं नेपालीहरु श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधानीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट बन्चित रहेको बताए ।

यस्तो अवस्थामा सरकारले वैदेशीक रोजगारमा रहेका श्रमीकहरुको हितका लागि वैधानिकिकरणको काम गरिरहेको बताए । 

त्यस्तै उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुईपक्ष सम्झैता गर्न एक दशक देखि धेरै प्रयासहरु गरिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij