Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

हिजो कांग्रेस प्रवेश गरेका देवेन्द्र यादव आज निष्कासन


सारांश

हिजो कांग्रेस प्रवेश गरेका देवेन्द्र यादव आज निष्कासन
images

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार (हिजो) पार्टी प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भए भएको खुलेपछि सदस्यता खारेज गरिएकाे हाे

हिजो सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए। आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् ।

"हिजो बिहीबार बिहान ९:४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेको बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नुभएको हो," विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij