Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची


सारांश

दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
images

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।

आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

दिनको २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

त्यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक पनि दिनको ४ बजे बस्ने छ । बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij