सारांश
काठमाडौं । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन् । पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् ।
सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ । उनीहरूले आफ्नो माग र मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् ।