Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कोशेढुंगा एकसाथ ४० देशमा रिलिज हुने


सारांश

कोशेढुंगा एकसाथ ४० देशमा  रिलिज हुने
images

काठमाडौं । ब्लकबस्टर चलचित्र पूर्णबहादुरको सारंगी फेम्ड निर्देशक सरोज पौडेलद्वारा निर्देशित चलचित्र कोशेढुंगा नेपालसँगै ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।

कोशेढुंगा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ। नेपाली चलचित्रकै इतिहासमा पहिलोपटक एकसाथ ४० देशका हलमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी गराए।

काठमाडौं, स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा सुटिङ गरिएको चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, सरोज खनाल, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफले, लोकमणि सापकोटालगायतले अभिनय गरेका छन्।

नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल कडेल र किशोर अनुरागद्वारा निर्मित चलचित्रमा दिनेश खड्का कार्यकारी निर्माता छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij