Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं : गगन थापा


सारांश

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं : गगन थापा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढ्ने बताए । 

महामन्त्री थापाले भने, ‘राष्ट्रपति एमालेले आफ्नो कार्यकर्ता बनायो भने त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । अस्ति अभ्यास त भइसक्यो । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बालुवाटारले मात्रै होइन शीतलनिवासले पनि कार्यकारी अधिकारको प्रयोग गर्न थाल्छ । त्यसले संविधानलाई दुर्घटना पार्छ । हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । हराएरै छाड्छौं। त्यतातर्फ लाग्छौं लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij