सारांश
एजेन्सी / विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् ।
चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वान गरेका छन् । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकपको आयोजना भएको थियो ।
सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । अब यि चार राष्ट्रले स्पेन र पोर्चुगलसँगै र मोरक्को र साउदी अरबको सम्भापवत संयुक्त प्रस्तावसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।