Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाली महिला टोली आज भुटानसँग खेल्दै


सारांश

नेपाली महिला टोली आज भुटानसँग खेल्दै
images

काठमाडौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी छन् ।

प्रतियोगिता डबल राउण्ड–रोबिन प्रणालीमा भइरहेको छ, जसअनुसार प्रत्येक टोलीले दुईपटक सबै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij