सारांश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरू सरकारमा अहिल्यै नजाने बताएका छन् ।
बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने कुरा नभएको बताएका हुन् ।