Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य


सारांश

तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ्

अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij