Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्नेछ : प्रधानमन्त्री


सारांश

राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्नेछ :  प्रधानमन्त्री
images

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । 

 विगतका राष्ट्रपति रामशरण यादवदेखि विद्यादेवी भण्डारीसम्मले संविधान मिच्दा समस्या भोगेको प्रचण्डले बताए । 

राष्ट्रपति सेरमोनियल भएपनि कार्यकारी भूमिका खेल्न खोज्दा आफ्नो पहिलो सरकार नेकपा सरकार हुँदा भोगेका दुःख र संघर्षका विषयमा समेत अनुभव सुनाए । राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न एमाले, कांग्रेसलगायत सबै दलहरुसँग छलफल भइरहेको प्रचण्डले बताए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij