Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न


सारांश

चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न
images

काठमाडौं । नेपाली चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको छ ।

बुधबार काठमाडौंको सिभिलमल स्थित क्यूएफएक्समा आयोजित एक समारोहकाबीच चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको हो ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नेपाली चलचित्रको इतिहासकै व्यावसायिक कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् ।

यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन,आशिष् अविरल र रिदम कँडेलको संगीत छ ।

नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij