Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुनको मूल्यमा फेरी उच्च रेकर्ड


सारांश

सुनको मूल्यमा फेरी उच्च रेकर्ड
images

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । 

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij