Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आरजुका स्वकिय सचिव भए सुदूरपश्चिम सरकारमा भौतिक मन्त्री


सारांश

आरजुका स्वकिय सचिव भए सुदूरपश्चिम सरकारमा भौतिक मन्त्री
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाका स्वकिय सचिव प्रकाश देउवाले शुक्रबार सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार तथा योजना मन्त्रीमा शपथ लिएका छन् ।

मंसिरमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रकाशले कैलाली ५ (२)बाट टिकट पाए । उनले प्रदेशसभामा टिकट पाउँदा पनि सभापतिको भतिजा भएकै कारणले भन्दै आलोचना भएको थियो ।प्रकाश कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन् । 

उनीसहित कांग्रेसका १२ सदस्यले सुदूरपश्चिम प्रदेश सभामा जित हासिल गरेका थिए भने सात जना समानुपातिकतर्फका गरी १९ जना सदस्य रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । एमाले नेतृत्वमा रहेको सरकारले बहुमत जुटाउन नसकेपछि ठूलो दलको नेतृत्वमा सरकार बनेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij