Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने


सारांश

घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने
images

काठमाडौं । घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य भएको छ । सरकारले मालपोत नियमावली संशोधन गरी घरजग्गा व्यवसाय गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो ।

२०३६ सालमा बनेको नियमावलीलाई आठौं संशोधन गरी सरकारले घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको परिच्छेद–६ को (ख) मा घरजग्गा कारोबार लाइसेन्स सम्बन्धी व्यवस्था राखिएको छ । 

यस व्यवस्थाले घरजग्गा कारोबार अब व्यावसायिक र मर्यादित हुने भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले बताए ।

राजपत्रमा प्रकाशित सूचना अनुसार घरजग्गा सम्बन्धी कारोबार गर्न लाइसेन्स लिन चाहने व्यक्तिका लागि एक पटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिका हकमा ५ लाख रुपैयाँ चाहिने व्यवस्था गरिएको छ । त्यस्तै एक पटकमा ५ करोडभन्दा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिका हकमा १० लाख तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij