सारांश
काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् ।
शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले परिणामस्वरुप आज मुख्य मानिएका दलहरुबाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे । उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए ।
“ नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ,” उनले भने।”